गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट

  २०७७ साउन २३ गते १८:१३     विकासन्युज


काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने भएका हुन् ।

सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको छ । साउन २० गते मंगलबार सम्पन्न भएको सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिजा कार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले सो मात्राको छुट पाउने भएका हुन् ।

गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

One comment on "गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा विशेष छुट"

  • दम बहादुर बुढाथोकी says:

    हामी खाताधाधरक लाई पनि हो कि हजुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.