उपत्यकामा झन कडाई: यी हुन् जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन हुने र स्थगित हुने सेवाहरु

  २०७७ साउन २३ गते १७:३१     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढी भएसँगै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले अब सम्पूर्ण काममा कडाई गर्ने भएका छन् । आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेर उपत्यकामा कडाई गर्ने निर्णय गरेका हुन् ।

दिन प्रतिदिन कोरोनाका संक्रमण फैलिँदै गएकोले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुमा पनि कटौती गरिएको छ ।

तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरु बसेर साउन २५ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने र नगर्ने सेवाहरु जानकारी गराएका छन् । साे सेवाहरु भदाै ८ गतेसम्मका लागि स्थगित रहने बताइएकाे छ । उनीहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गर्ने निर्णय गरेका छन् ।

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवा ग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

अनावश्यक भिडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ

नियमित सञ्चालन रहेन सेवाः 

१. शान्ति सुरक्षा सम्बन्धि सेवा

२. ठाडो निवेदन र उजुरी सम्बन्धि

३. मुद्दा सम्बन्धि कार्य

४. अतिआवश्यक कामको लागि सवारी पास सम्बन्धि कार्य

५. विपत व्यवस्थापन सम्बन्धि कार्य

स्थगित गरिएका सेवाहरुः

१.नयाँ नेपाली नागरिकता वितरण

२.नागरिकता प्रतिलिपी वितरण

३. हात हतियार दर्ता नविकरण

४. संस्था दर्ता /पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धि कार्य

५. निजी सुरक्षा कम्पनी नविकरण

६. राहदानी वितरण

७. नावालिग परिचय पत्र वितरण

अन्य अत्यावश्यक नभएका सेवाहरुः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.