राष्ट्रियसभा समितिमा सभापति निर्विरोध निर्वाचित

  २०७७ साउन २३ गते १७:३९     विकासन्युज

काठमाडाैं । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी रावल थापा शुक्रबार निर्वाचित भएका हुन् । बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो ।

त्यसैले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित भएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइको र अब कार्यान्वयनमा जाने बेला भएको बताए । उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए ।

उनले भने ‘अब सरकारलाई छोडिन्न, अब सरकारलाई के छोडिन्न भने मनलाग्दी कानून बनाउन छोडिन्न, अब सरकारलाई नियन्त्रण गरिन्छ, सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरुलाई पनि कानून मनलाग्दी बनाउन पाइदैन भनेर रोकिन्छ । चोह निर्वाचन आयोग होस, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस, चाहे सर्वोच्च अदालत होस कानून बनाउने निकाय ती होइनन् ।

त्यसकारण तिनीहरुले कानून बनाउँदा संसदलाई सिरोधार्य गरेर, संसदको न्यायिक अधिकार नमिच्ने गरी संघीय संदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरुलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गछौं, नियन्त्रण गछौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।’

दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताए । उनले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभरसाइड गर्ने बताए । उनले भने ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरु छन । ती मन्त्रालय अन्तर्गत के के काम भइरोको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले ओभरसाइड गर्नेछौं ।’

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका कामकारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.