नेपाल इन्स्योरेन्सले गर्यो नेपाल बैंकको कर्मचारीको कोरोना बीमा दाबी भुक्तानी

  २०७७ साउन २३ गते १७:०६     विकासन्युज

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो ।

बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको कर्मचारीले कोरोना बीमाको दाबी गरेका हुन् । इन्स्योरेन्स कम्पनीले सोही दाबी भुक्तानी तत्कालै  फर्छ्यौट गरेको हो ।

नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो भने नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो ।
सो दाबी भुक्तानी फर्छ्यौटको जानकारी नेपाल इन्स्योरेन्स कम्पनीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.