मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सम्झौता, ग्राहकले विशेष छुट पाउने

  २०७७ साउन २३ गते १४:२८     विकासन्युज


काठमाडौं । मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा(इन्टेरियर प्रडक्ट, इलेक्ट्रिसिटी, मारबल, फर्निचर एण्ड फिक्स्चर, फर्निसिङ्ग, उडवर्कस्, थ्रीडी डिजाइन तथा अत्य इन्टेरियर डिजाइनिङ) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.