फेरि १ हजारले बढ्याे सुन, आजकाे मूल्य कति ?

  २०७७ साउन २३ गते १२:२६     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार छापावाला सुनको प्रतितोला १ लाख ३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि शुक्रवार तोलामा ६० बढेको छ ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयँ कायम भएको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.