राष्ट्रिय परीक्षा बोर्डले भन्याे: कक्षा ११ को परीक्षा नलिनु

  २०७७ साउन २३ गते १२:०२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ। बाेर्डले आज एक सूचना जारी गर्दै साे निर्देशन दिएकाे हाे ।

सूचनामा भनिएकाे छ,‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.