बेनेली मोटरसाईकलको नयाँ शोरुम बनेपामा, यी पाँच नयाँ मोडेल राखिने (मूल्यसहित)

  २०७७ साउन २२ गते २०:३९     विकासन्युज

काठमाडौं । बेनेली मोटरसाईकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेसनल प्रा. लि.ले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेकाे कम्पनीले जनाएकाे छ ।

टप गियर इन्टरनेसनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ । जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुर्याउँनेछ । कम्पनीको अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धकको अनुसार यी पाँच मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

  1. TNT15(150CC) at Rs. 2,30,000
  2. TNT150i(150cc) at Rs. 3,15,000
  3. BN251(250cc) at Rs. 5,20,000
  4. 4.LEONCINO 250 at Rs. 6,30,000
  5. TRK251 at Rs. 6,30,000

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखिनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो । जसलाई सबैभन्दा बढी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।

बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.