सिद्धार्थ ईक्वीटी फण्डले साढे ७ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले ५ प्रतिशत प्रतिफल दिने

  २०७७ साउन २२ गते २०:१५     विकासन्युज

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई साढे ७ प्रतिशत प्रतिफल दिने भएको छ । फण्डले कर सहित सो मात्रा अर्थात ११ करोड २५ लाख रुपैयाँ प्रतिफल इकाईधनीलाई वितरण गर्ने भएको हो ।

त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले पनि आफ्ना इकाईधनीहरुलाई ५ प्रतिशत प्रतिफल दिने भएको छ । संस्थाले कर सहित सो मात्रा अर्थात ६ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यी दुबैकाे आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीलाई सो मात्राको प्रतिफल वितरण गर्ने निर्णय गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.