एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलबाट सरल किस्तामा सामान पाउने

  २०७७ साउन २२ गते १८:०७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट सरल किस्तामा सामान पाउने भएका छन् । ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंक र सिजी डिजीटलबीच शुन्य प्रतिशत ईएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे छ । सझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका तर्फबाट प्रमुख-वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् ।

यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा एक हजार ८ सय रूपैयाँसम्म छुटको लाभ प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.