भदौ १ गतेदेखि हवाई उडान र लामो दूरीका गाडी चल्न नसक्ने संकेत

  २०७७ साउन २२ गते १७:२१     विकासन्युज

काठमाडाैं । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, लामो दुरीका यातायात र विद्यालय खुल्न नसक्ने संकेत गरेका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने सम्भावना तत्काल नबनेको बताएका हुन् ।

‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं, कतिपयले सधैँ बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ,’ उनले भने ।

उनका अनुसार सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णयमा  पुनर्विचार गर्नु पर्ने देखिन्छ ।

मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि हुनेलाई केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह पनि गरे।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.