फेरि लकडाउन हुन्छ कि हुँदैन ? सरकारका प्रवक्ता भन्छन्ः अवस्था अनुसारको व्यवस्था गरिन्छ

  २०७७ साउन २२ गते १६:५१     विकासन्युज

काठमाडौं । सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले फेरि लकडाउन गर्ने वा नगर्ने भन्ने बारे  अवस्था हेरेर निर्णय गर्ने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र लकडाउन गर्यो भने पनि आम नागरिकलाई जीवन धान्न पनि समस्या हुने भएकोले त्यसको अध्ययन गरेर लकडाउन गर्ने वा नगर्ने बारे सरकारले साेचेर निर्णय गर्ने बताए ।

उनले हालको लागि संक्रमण भएको जिल्लामा निषेधाज्ञा गर्दै जाने र संक्रमण भएको ठाउँमा खुकुलो गर्दै जाने बताए । उनले संक्रमण बढी भएकाे जिल्लामा सम्बन्धित जिल्लाले गर्ने भएकाले यसमा अब सरकारले लकडाउन गर्ने सम्बन्धि नसाेचेकाे बताए । उनले यही अवस्थामा केन्द्रबाटै लकडाउनकाे सम्भावना नरहेको संकेत पनि गरेका छन्।

लकडाउन बारे सीसीएमसीले सरकारमा आफ्नो निर्णय पेश गर्ने र त्यसको आधारमा रहेर मन्त्रिपरिषद्ले निर्णय गर्ने उनको भनाई छ । साथै उनले हवाई उडान सञ्चालन र विदेशबाट उद्दार गरेर ल्याउने बारे पनि संक्रमणकाे अवस्था हेरेर निर्णय गर्दै जाने बताए ।

‘धेरैले लकडाउन समस्याको समाधान होइन, धेरै लकडाउनले गर्दा अन्य समस्या पनि देखिने भएकोले संक्रमणको दर र अवस्था हेरेर सरकारले निर्णय गर्नेछ, त्यो भोलिको दिनले देखाउँछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.