नेपालमा थप ३ सय ६० जनामा कोरोना पुष्टि, २३३ जना निकाे भए

  २०७७ साउन २२ गते १६:२६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ६० जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ७ सय ५० जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन् भने आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ । बिहिबार थप ५ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.