राष्ट्रियसभा समिति सभापतिको लागि हालसम्म चार जनाकाे उम्मेदवारी, क-कसकाे ?

  २०७७ साउन २२ गते १३:४२     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

विहान ११ बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ । चारबजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।

सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको छ । एउटा समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोटको गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.