नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार भएका पुरुष निकाे भएर डिस्चार्ज हुँदै

  २०७७ साउन २२ गते १३:१९     विकासन्युज

काठमाडाैं । नेपालमै पहिलाेपल्ट प्लाजमा थेरापीबाट उपचार भएका पुरुष निकाे भएका छन् । विराटनगर निवासी ६० वर्षिय ति पुरुष निकाे भई आज डिस्चार्ज हुन लागेका हुन् ।

धापासी स्थित ग्रान्डी ईन्टरनेसनल अस्पतालमा उपचार गराईरहेकाे उनलाई आज डिस्चार्ज गर्न लागिएकाे अस्पतालले जनाएकाे छ । निमोनिया र श्वासप्रश्वासको समस्या भएका उनी साउन १० गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उनकाे उपचार त्यहीँ भएकाे थियाे भने ३ दिनअघि मात्र उनलाई ग्रान्डी रिफर गरिएकाे अस्पतालका काेभिड व्यवस्थापन समितीकाे संयाेजक डा. सन्तकुमार दासले बताए ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने विधि हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.