एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालकाे कार्यकाल थप

  २०७७ साउन २२ गते ११:०४     विकासन्युज

रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक लिमिटेड

काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्यालकाे कार्यकाल थप भएकाे छ । असाेज १ गते उनकाे पहिलाे कार्यकाल सकिदै थियाे ।

गत साेमबार जनै पूर्णिमाकाे दिन बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्काे चार वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेकाे हाे ।

अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए ।

उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए ।

सम्बन्धित सामाग्री


वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.