लर्ड बुद्ध एजुकेसन र लायन्स क्लबबीच सम्झौता, जेहेनदार विद्यार्थीले साढे ८ लाख बराबरको छात्रवृत्ति पाउने

  २०७७ साउन २१ गते १९:४२     विकासन्युज

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ बीच शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ ।

सम्झौताअनुसार लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी. आइटी’, ‘बीबीएम ईबीजनेश’, ‘एमबीए’ र ‘एम.एस्सी.आइटी’ मा प्रत्येक कार्यक्रमहरुमा हरेक वर्ष एक जना गरिब तथा जेहेनदार विद्यार्थीले ट्युसन फीमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् । लर्ड बुद्धले प्रदान गर्ने यो छात्रवृत्ति ८ लाख ६५ हजार रुपैयाँ बराबरको रहेको छ । विद्यार्थीहरुको छनौट लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ ले गर्नेछ ।

सम्झौता पत्रमा लायन्स क्लब अफ नेपालका तर्फबाट डिस्ट्रिक गभर्नर मन बहादुर रोका र फाउण्डेसनका तर्फबाट अध्यक्ष जालानले हस्ताक्षर गरेका थिए । यसको साथै लायन्स क्लब अफ नेपाल डिष्ट्कि ३२५ बी१ अन्तर्गत रहेका क्लबका सदस्यहरु र उनका परिवारले लर्ड बुद्धमा अध्ययन गर्न चाहेमा ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस छात्रवृत्तिले डिष्ट्रिक गभर्नर मन बहादुर रोक्काले प्रस्तुत गरेको नारा “नरचर द फ्युचर” लाई सार्थक बनाउने विश्वास रहेको अध्यक्ष जालानले बताए । उनका अनुसार लायन्स क्लबका सदस्यले सिफारिस गरेका जो कोही योजनाबाट लाभाम्वित हुन सक्नेछन् ।

काठमाडौंको मैतीदेवीमा अवस्थित नेपालकै प्रथम आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन मलेसियाको एसिया प्यासिफिक यूनिभर्सिटीको सम्बन्धन प्राप्त संस्था हो । यस संस्थाबाट हालसम्म करिब आठ हजार भन्दा बढी व्यक्तिले सुचना प्रविधि, व्यवस्थापन लगायतका अन्य विधामा स्नातक र स्नातकोत्तर तहको शिक्षा प्राप्त गरि सकेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले यस संस्थालाई यी कार्यक्रमहरु सञ्चालन गर्ने अनुमति प्रदान गरेकोे छ र त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.