लकडाउनपछि व्यवसाय कसरी सञ्चालन गर्ने ? उद्योगी व्यवसायीको योजना यस्तो छ

  २०७७ साउन २१ गते १९:३०     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा आर्थिक मन्दी व्यहोरेका उद्योगी व्यवसायीहरुले लकडाउन पछिको व्यवसाय तथा उद्योग सञचालन बारे विभिन्न योजना सुनाएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा परेको असर सम्बन्धि तयार पारेको सर्वेक्षेणमा उद्योगी व्यवसायीहरुले आफ्ना विभिन्न योजना सुनाएका छन् ।

सर्वेक्षणमा सहभागी अधिकांश (८२.३ प्रतिशत) उद्योग/व्यवसायहरुले बन्दाबन्दी पश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताएका छन् । कारोबार घटाएर अहिलेकै व्यवसायलाई निरन्तरता दिने योजना रहेका उद्योग/ व्यवसायहरुको संख्या ४.५ प्रतिशत रहेको छ भने नयाँ व्यवसाय शुरु गर्न चाहने ५ प्रतिशत रहेका छन् ।

त्यसैगरी ५.४ प्रतिशतले व्यवसाय विक्री गर्न र २.८ प्रतिशतले बन्द गर्न चाहेको बताएका छन्। घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारको तुलनामा साना, मभौला र ठूला उद्योग/व्यवसायहरु बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने पक्षमा रहेका देखिन्छन् ।

बन्दाबन्दीपश्चात् वित्तीय साधन परिचालनका लागि सर्वेक्षणमा सहभागी करिब ८० प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने बताएका छन् । वित्तीय श्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा क्रमशः खर्च घटाउने (कर्मचारी/तलब कटौती गर्ने), सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.