अझै लकडाउन भए अधिकांश उद्योग बन्द हुने, सामान्य अवस्थामा पुग्न पनि ९ महिना लाग्ने

  २०७७ साउन २१ गते १९:०९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनमा थला परेका उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाले अर्थतन्त्रमा पारेको असर सम्बन्धि सर्वेक्षणले अझै लकडाउन भए धेरै उद्योग धन्दाहरु बन्द हुन सक्ने अवस्थामा रहेको बताएको छ ।

अझै बन्दाबन्दी रहिरहे उद्योग/व्यवसायहरुले आफ्नो उद्योग/व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्ने देखिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । अर्कोतर्फ, सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुलाई बन्दाबन्दी पश्चात् सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने समेत देखिएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ४ प्रतिशत पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत पूर्ण रुपमा बन्द रहेको पाइएको बताइएको छ ।

अन्य क्षेत्रको तुलनामा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग÷व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेका देखिएका छन् ।

यसैगरी, स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्याँस तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधा भन्दा बढी उद्योग/व्यवसायहरु आंशिक रुपमा सञ्चालनमा रहेको पाइएको छ ।

शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु, अन्य क्षेत्रहरु र यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योग/व्यवसायहरु भन सो अवधिभर सञ्चालनमा नरहेको देखिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.