२२ प्रतिशतको जागिर गयो, १८ प्रतिशतको तलब घट्यो 

  २०७७ साउन २१ गते १८:४३     विकासन्युज

काठमाडाैं । कोरोना भायरसले उत्पन्न लकडाउनको समयमा २२‍.५ प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । नेपालल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर सम्बिन्ध गरेको सर्वेक्षणले २२ प्रतिशत कामदारले राजगार गुमाएको र १८.२ प्रतिशत कामदारले तलब कटाैती भएङ्काे हाे ।

बन्दाबन्दीको अवधिमा ठूला र मझौला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम÷साना खुद्रा व्यापार र साना उद्योग÷व्यवसायहरु बढी प्रभावित रहेको पाइएको सर्वेक्षणले देखाएको छ ।

सो अवधिमा उद्योग÷व्यवसाय सञ्चालन नगर्ने घरेलु उद्योग, लघु उद्यम/ साना खुद्रा व्यापार र साना उद्योग÷व्यवसायहरु को हिस्सा राष्ट्रिय औसतभन्दा धेरै रहेको देखिएको छ ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै (३६.४ प्रतिशत) तलब कटौती भएको देखिएको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा सबैभन्दा कम (५.६ प्रतिशत) कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ भने शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ ।

स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.