मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता

  २०७७ साउन २१ गते १७:२७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम एनसीसी बैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र एनसीसी बैंकको तर्फबाट एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.