काठमाडाैं उपत्यकामा एकैदिन ६२ जनामा देखियाे कोरोना

  २०७७ साउन २१ गते १६:३४     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् ।

संक्रमितहरु काठमाडाैंकाे ५७ र ललितपुरकाे ५ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८ ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७९१ पुगेको छ।

बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ३ सय ९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.