नेपालमा थप ३ सय ८१ जनामा कोरोना पुष्टि

  २०७७ साउन २१ गते १६:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन् भने आजसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । बुधबार १ जनाकाे  मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.