सरकारी कर्मचारीकाे कोरोना बीमा आजदेखि शुरु

  २०७७ साउन २१ गते १३:३७     विकासन्युज

काठमाडौ । बीमा समितिले सरकारी कर्मचारीहरुको कोरोना बीमाको बुधबार औपचारिक रुपमा सुरुवात गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा समेटिएको कोरोना बीमा बुधबार दिउसोबाट सुरुवात गरिने बीमा समितिले जनाएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना महामारीको डर भन्दा आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिन कोरोना बीमा कार्यक्रम अगाडि बढाएकाे बताए ।

‘सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्य मार्फत सरकारी कर्मचारीको कोरोना बीमा गर्ने भनिसकेको छ, कर्मचारीको बीमा गर्दा सबैले ढुक्कसँग काम गर्न सक्ने भएकाले कोरोना बीमा महत्वपूर्ण छ’, कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने ।

बीमा समितिले वैशाख पहिलो सातादेखि कोरोना बीमाको शुरुवात गरेको थियो । उक्त बीमाको बिमांक रकम १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ तोकिएको छ ।

सरकारी कर्मचारीहरुले कोरोना बीमा गराउँदा पूरै बीमा शूल्क तथा आम नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.