नबिल बैंकको डीजीएममा मनोज ज्ञवाली नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने

  २०७७ साउन २१ गते १०:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम)मा बैंकर मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकको डीजीएम पदमा नियुक्त भएका हुन् ।

नवनियुक्त डीजीएम ज्ञवालीले आजैदेखि आफ्नो कार्यभार सम्हाल्दै छन् ।

उनले गत बैशाख ११ गते ज्योति विकास बैंककाे सीईओ पदबाट राजिनामा दिएका हुन् । उक्त बैंकमा २ वर्षकाे कार्यकाल बाँकी छँदै उनी बाहिरिएका हुन् ।

वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्राे अनुभव रहेकाे छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् ।

त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ।

सम्बन्धित सामग्री

२५४ प्रतिशतभन्दा माथि ग्रोथ र मनोज ज्ञवालीको क्रमभंगता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.