नेपालमा थप २ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २१ हजार नाघ्याे

  २०७७ साउन २० गते १६:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ९ जना पुगेकाे छ ।

हाल क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना रहेका छन् भने आजसम्म ४ लाख ६ हजार ४ सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । बुधबार विभिन्न अस्पतालबाट ६५ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.