एफएनसीसीआईका पूर्व अध्यक्ष कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा, भन्छन्ः ठूलो गल्ती गरेँ

  २०७७ साउन २० गते १५:३९     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो व्यक्तिगत कारणले विराटनगर पुगेका उनी कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफु कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेकाे जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘गल्ती गरेँ, ठूलो पाठ सिकेँ, अत्यन्त जरुरी कामले पूरै सर्तक र सुरक्षित भएर विराटनगर गएको कन्ट्याक्ट ट्रेसिङमा परियो । तुरुन्त सबै सम्पर्कमा आएकालाई खबर गरी टेष्ट गराएँ, नतिजा नेगेटिभ आयो । स्वास्थ्यभन्दा जरुरी केही छैन र अरुको जिम्मेवारी पनि आफुसँगै छ भन्ने सिकेँ । सर्तक रहौं, सुरक्षित रहौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.