नेप्सकाे स्वतन्त्र सञ्चालकमा बालकृष्ण जोशी नियुक्त, काे हुन उनी ?

  २०७७ साउन २० गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स(नेप्स) काे स्वतन्त्र सञ्चालमा बालकृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा विज्ञको रुपमा पहिचान बनाएका जोशीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

फिनटेचको क्षेत्रमा विगत २० वर्षभन्दा लामो अनुभव भएका जोशीले बैंक तथा वित्तीय संस्थाहरुको लागि क्रस बोडर डिजिटल पेमेन्टको प्लेटफर्म निर्माण गर्नमा महत्वपूर्ण भुमिका निभाएका छन् । उक्त प्लेटफर्मले बैंक तथा वित्तीय संस्थाहरुलाई संयुक्त राज्य अमेरिकाबाट आफ्नो नेटवर्कमा सेतो लेवल विप्रेषण वा व्यावसायिक भुक्तानी सेवाहरु प्रदान गर्न सहयोग गर्दछ । उनले श्रृजना गरेको प्लेटफर्म विश्वका १५ भन्दा बढि मुलुकहरुमा लागु गरिएको छ ।

जोशीले फिनटेच क्रस बोडर डिजिटल पेमेन्टको क्षेत्रमा ख्यातीप्राप्त ब्राण्डहरु थमेल रेमिट, लिपफ्रग टेक्नाेलाेजी र म्याचनेटकाे सफलतापूर्वक स्थापना गरिसकेका छन् । नेप्सले उनको विभिन्न क्षेत्रको अन्तर्राष्ट्रियस्तरको विज्ञताबाट भरपूर्ण फाइदा उठाउन सक्ने विश्वास लिएको छ ।

नेप्सले कार्ड प्रोसेसिबको क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको छ । यस कम्पनीले १ हजार ९ सयभन्दा बढी एटीएम मेसिन र १५ हजारभन्दा पीओएस मेसिनको सहायताबाट बार्षिक रुपमा ३ करोड ३० लाख भन्दा बढी सफल कारोबारबाट २३ अर्ब ७० करोड रूपैयाँको कारोबार गर्दै आएको छ । कम्पनीले अत्याधुनिक प्रविधिको माध्यमबाट भुक्तानी प्रणालीलाई सहज र सरल बनाउँदै लगेको छ भने विश्वका प्रमुख भुक्तानी सञ्जालहरु मास्टर कार्ड, भिसा कार्ड र युनियन पे कार्डको लागि प्रोसेसिबको कार्य गर्दै आईरहेको छ ।

नेप्स, नेपालमा पहिलो पटक जुन २०१९ मा ग्रिन पिनको शुरुआत गर्ने कम्पनी थियो । ग्रीन पिन, जुन पिन अधिक सुरक्षित र वातावरण मैत्री हुन्छ ।

नेप्सले हाल मोवाइल बैकिङ्ग, क्यूआरबाट गरिने भुक्तानी, मुल्य अभिवृद्धि सेवा जस्तै एटीएम मेसिनबाट खाता स्थानान्तरण, रकम जम्मा, रकमान्तर, एटीएम कार्ड रहित नगद झिक्ने कार्यको लागि एकिकृत रुपमा थालनीको कार्य गरिरहेको छ । यस कम्पनीले जैव मेट्रिक लेनदेन समाधानको माध्यमबाट बैंकमा खाता नभएका ग्राहकहरुलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यस कम्पनीले भुक्तानी र वित्त इकोसिस्टमलाई अधिक मजबुत र विभिन्न प्रमुख सुरक्षा समाधान प्रदायकहरु सँग समन्वय गरी आफ्नो सिस्टमलाई सुरक्षित बनाउनको लागि काम गर्ने योजना बनाउँदै छ ।

नेप्स, नेपालका ‘क’ तथा ‘ख’ वर्गका बैंक तथा वित्तीय सस्थाहरुको संयुक्त प्रयासमा सरल, सुलभ, आधुनिक तथा सुरक्षित रुपले कार्ड सम्वन्धि सेवा प्रदान गर्ने उद्देश्यले स्थापित लिमिटेड कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.