तपाईलाई काेराेना भएकाे शंका छ ? यी १४ अस्पतालमा गएर नि:शुल्क परीक्षण गराउनुस्

  २०७७ साउन २० गते १४:२०     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना प्रभावित जिल्लाबाट आएका व्यक्तिहरुको १४ अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पीसीआर परीक्षण गर्ने बताएकाे हाे ।

सूचनामा काेराेनाकाे शंका लागेकाहरुले नजिकैकाे स्वाव संकलन केन्द्रमा गएर पीसीआर परीक्षण गर्न अनुराेड्ढ गरेकाे हाे । काठमाडौं उपत्यकामा कोरोना संक्रमण जोखिम बढी रहेको हुँदा शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तीव्र बनाइएको सूचनामा उल्लेख छ ।

गाइडलाइनमा परेका व्यक्तिहरुले पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल गएर कोरोनाको पीसीआर परीक्षण निःशुल्क गरेर सहयोग गर्न अनुरोध गरिएकाे छ ।
यस्तै, मन्त्रालयले कोरोनाको शंकास्पद व्यक्तिको सम्पर्कमा आएका र कोरोना प्रभावित स्थानहरुबाट आएका व्यक्तिले नजिकैको हब, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पतालका लेभल १, २ र ३ अस्पतालमा गएर बिहान ९ बजेदेखि १ बजेसम्म गएर स्वाब संकलन गरिने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.