एनएमबि बैंक बन्यो मादमे खोला जलविद्युतको मुख्य लगानीकर्ता, बैंकको मात्रै ३ अर्ब बढी लगानी

  २०७७ साउन १९ गते १९:५९     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।

त्यस्तै, सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन् ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ कराेड रूपैयाँ रहेको छ । जसमध्ये बैंकहरुको लगानी कुल ३ अर्ब ३२ कराेड रूपैयाँको हुनेछ । यो आयोजनासँगै एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.