कनेक्ट आईपीएसबाट सञ्चय कोषको सापटी तिर्न तोकियो सीमा, कतिसम्म पाइन्छ ?

  २०७७ साउन १९ गते १८:५६     विकासन्युज


काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज कनेक्ट आईपीएस मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आज(साउन १९ गते) आयोजित कार्यक्रममा कोषका प्रशासक तुलसी प्रसाद गौतमले उक्त कार्यक्रमको शुरुवात गरेका हुन् ।

सञ्चयकर्ताहरुले आफ्नो खाता रहेको जुनसुकै बैकहरुबाट कनेक्ट आईपीएस मार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।  कोषले अनलाईन प्रणाली मार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधि मार्फत कारोबार गर्न सक्ने अवस्था सृजना भएको छ ।

कोषले शुरु गरेको अनलाईन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफु रहेकै स्थानबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आईपीएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाईसी गरेको हुनुपर्नेछ । हाललाई ५ हजार रुपैयादेखि १० लाख रुपैयाँसम्म सापटी तिर्न सक्ने गरी कारोबारको सीमा कायम गरिएको छ ।

यसले विश्वमा फैलिरहेको कोभिड-१९ को संक्रमणको महामारीको विषंम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.