गत वर्ष एक जना नेपालीले नै खाए २७६ रुपैयाँको विदेशी आलु, लकडाउनमा मात्रै २ अर्बको आयात

  २०७७ साउन १९ गते १२:३९     विकासन्युज

काठमाडौं । सबैसँग मिल्ने स्वभावलाई ‘आलु बानी’को उपमा दिने गरिन्छ । जुनसुकै तरकारीमा मिसाए पनि हुने र उसिनेर, काटेर वा अन्य विभिन्न प्रकार बनाएर खान मिल्ने भएकोले नेपाली भान्साको अभिन्न अंगको रुपमा आलु स्थापित भएको छ ।

आलु अब नेपालमा धेरै आयात हुने बस्तु पनि बन्न लागेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब २९ करोड रुपैयाँभन्दा बढीको आलु आयात भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ७ अर्ब ३३ करोड रुपैयाँ बराबरको आलु आयात भएको थियो ।

गत आर्थिक वर्षमा आयात भएको आलु ३ करोड जनतालाई भाग लगाउँदा प्रतिव्यक्ति २ सय ७६ रुपैयाँ बराबरको आयातित आलु पर्ने देखिएको छ । र, नेपालीको औसत परिवार संख्या ५ जना मान्दा प्रतिपरिवार १३ सय ८१ रुपैयाँ पर्छ ।

नेपालमा गत आर्थिक वर्षमा आयात भएको कुल आलुमध्ये लकडाउनको अवधि (चैतदेखि असारसम्म) मा २ अर्ब २ करोड रुपैयाँ बराबरको आलु आयात भएको छ । यसमध्ये असारमा ५४ करोड, जेठमा ४८ करोड, बैशाखमा ५४ करोड र चैतमा ४७ करोड रुपैयाँ बराबरको आलु आयात भएको छ ।

पछिल्लो एक दशकमा आलुको आयात उच्च अंकले बढेको छ । १२ वर्ष अघि वार्षिक ४३ करोड रुपैयाँ बराबरको आलु आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.