सगरमाथा इन्स्योरेन्सको साउन २८ गतेदेखि बुक क्लोज

  २०७७ साउन १९ गते ११:३७     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी साउन २८ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि भदौ १३ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

कम्पनी भदौ १३ गते शनिबार २३औं वार्षिक साधारण सभा बस्दै छ । कम्पनी सञ्चालक समितिले यो पटक सेयरधनीलाई नगद लाभांश, हकप्रद र बोनस सेयर दिने कुनै पनि प्रस्ताव गरेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारः

सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा भदौ १३ गते, के के छन् विशेष प्रस्ताव ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.