ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुरको अदालत कार्यालय परिसरमा

  २०७७ साउन १९ गते १०:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त एटिएम सेवाको उद्घाटन उदयपुर जिल्ला अदालतका न्यायधीश दिपक खनाल र मनोज के.सी.ले संयुक्त रुपमा गरेका हुन् । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना (कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.