अब आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सकिने

  २०७७ साउन १८ गते १७:११     विकासन्युज


काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उनीहरुले आइएमई पे वालेटबाटै डिम्याट र मेरो सेयर नवीकरण शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यस सम्बन्धी सम्झौता-पत्रमा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.