एसईई परीक्षाको नतिजा १ हप्ता भित्र आउँछ: राष्ट्रिय परीक्षा बोर्ड

  २०७७ साउन १४ गते १४:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ हप्ताभित्रमा प्रकाशन गर्ने बताएकाे छ । बोर्डका सदस्य सचिव दुर्गा प्रसाद शर्माले एसईईको नतिजा दुई हप्ताभित्रमा प्रकाशन भईसक्ने बताएका हुन् ।

‘हाल विभिन्न जिल्लाहरुबाट आएका नतिजाहरुलाई हामी मिलाउँदैछौं, कुनै छुटेका रहेछन् भने तत्काल सम्पर्क गरेर उनीहरुले तयार गरेको मूल्या‌ंकन मगाई करिब १ देखि २ हप्तामा नतिजा प्रकाशन गर्नेछौं’, सदस्य सचिव शर्माले भने ।

चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेकाे थियो ।

कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.