अजोड इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि किनबेच गर्न पाइने

  २०७७ साउन १२ गते १६:४५     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । सो सम्बन्धि सोमबार(साउन १२ गते) कम्पनी र नेप्सेबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको एक लाख कित्ता सेयर सूचीकरण भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता सेयर समेत गरि जम्मा एक लाख कित्ता सेयर वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।

यससँगै कम्पनीको सूचीकृत भएको सेयर मंगलबारदेखि दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.