अष्ट्रेलियामा एकैदिन ५ सय ३६ नयाँ काेराेना संक्रमित भेटिए

  २०७७ साउन १२ गते ११:४६     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आइतबार एकैदिन ५ सय ३७ नयाँ संक्रमित फेला परेका छन् । याे अष्ट्रेलियामा एकैदिनमा भेटिएकाे हालसम्मकै सबैभन्दा बढि संख्या रहेकाे बताईएकाे छ ।

यस्तै आइतबार ७ जनाकाे मृत्यु भएसँगै भिक्टोरियामा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या ७७ पुगेकाे छ । हालसम्म अष्ट्रेलियामा १४ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएकाे छ भने ९ हजार १ सय ७० जना निकाे भएर घर फर्किएका छन् ।

काेराेनाकाे कारण हालसम्म अष्ट्रेलियामा १ सय ७७ जनाकाे मृत्यु भईसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.