रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर जारी गर्ने प्रस्ताव पारित

  २०७७ साउन ११ गते १८:५८     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधाणमा सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन ११ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो ।

त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको दोश्रो वार्षिक प्रतिवेदनका साथ आर्थिक वर्ष २०७४७५ का वित्तीय विवरण पारित गरेको छ ।

२०७४ भदौ ३ गतेबाट जीवन बीमा सम्बन्धि कारोबार शुरु गरेको यस कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजनाहरु ल्याएको छ । यस कम्पनीले गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस कम्पनीको हाल ८२ वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.