दराजले ल्यायो महाबचत बजार अभियान, सामान खरिदमा विशेष छुट पाइने

  २०७७ साउन ११ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन गतेसम्म लागू हुनेछ ।

यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका हरेक सामानमा भारि बचत गर्न सक्नेछन् । यसबाहेक, ग्राहकहरूले इसेवा मार्फत थप २० प्रतिशत (एक हजार रुपैयाँसम्म) र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्ड मार्फत प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत ( २ हजार रुपैयाँसम्म) छुट पाउन सक्छन् ।

यस अभियान मार्फत ग्राहकहरुले अन्य धेरै पुरस्कार पनि जित्नसक्नेछन जसमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी महा बम्पर पुरस्कारको रूपमा छ । अर्को ठुलो पुरष्कार भनेको आईफोन एसई रहेको छ जुन इसेवा र दराज द्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिन्छ । यस गेम मार्फत ग्राहकहरुले अरू धेरै पुरस्कारहरू पनि जित्न सक्दछन्, जस्तै सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर।

अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हर्लपूल र अधिकको अभियानमा सहभागी बनेका छन् र अतिरिक्त भाउचरका साथ र ठूलो मूल्य कटौती पनि दिँदैछन् ।

“शपिंग हालसालैका विश्व घटनाहरू पछि सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि शपिंगमा रमाइलोपन ल्याउन चाहन्छौं। हामी केवल सुविधा र सहजता मात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरू, अनलाइन गेमहरु खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

हालका तथ्यांकले देखाउँदछ कि यस अभियानमा १ लाख भन्दा बढी ग्राहकहरू भाउचर र अफरहरु हातपार्न एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसैले दाराजले आफ्ना प्रयोगकर्ताहरूलाई फोनमा दराज नोटिफिकेसन खोल्न, र किन्न चाहेका वस्तुहरू कार्टमा अभियान अघिनै हाल्न सल्लाह दिंदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.