अल्फाबिटा अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर साउन १२ गते हुने

  २०७७ साउन ९ गते १८:५२     विकासन्युज

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर-२०२०’ आयोजना गरेको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी १२ साउन (सोमबार)मा भर्चुअल फेयरको आयोजना गरेको हो ।

फेयरमा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयसहित ६ वटा शैक्षिक संस्था सहभागि हुँदैछन् । फेयरमा मक्वारी युनिभर्सिटी, दी युनिभर्सिटी अफ न्यू क्यासल्, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, चाल्र्स डार्विन युनिभर्सिटीका आधिकारीरिक प्रतिनिधिबाट विद्यार्थीले कोभिड-१९ पछिको शैक्षिक अवस्था, छात्रबृत्ति, कोभिड-१९ कै अवस्थामा अनलाइन कक्षा तथा त्यसपछिको अध्ययनको अवस्थाको विषयमा जानकारी लिन सक्नेछन् । त्यसैगरी, फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारीक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सकिनेछ । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन ।

फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदुत पिटर बड, आइइएलटिएस, पिटिइका प्रतिनिधि, बैंकलगाएतका प्रतिनिधिको सहभागिता हुँदैछ । फेयरमा विद्यार्थीहरूले कोभिड-१९ पछिको अष्ट्रेलियाको शैक्षिक अवस्था, प्रक्रिया र अन्य विषयमा समेत प्रत्यक्ष जानकारी पाउनेछन् । पहिलो तहको कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

विद्यार्थीहरू अल्फाबिटासंगको लिंकमा आइसकेपछि उनीहरूले चाहेको शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिसंग एक-एक गरी परामर्श लिन अनलाइन प्लेटफर्ममा छुट्टै भर्चुअल रुमको ब्यवस्था गरेको छ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.