तिम्रो पाइलाले सफलता पाओस्, छाेरी !

  २०७७ साउन ९ गते १८:४७     विकासन्युज

मेरो सानु, मेरी परी, मेरो लागि सबैभन्दा ठूलो दिन २०६५ साउन १० गते, शुक्रबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन । तर पनि समयले सबैकुरा सिकाई नै दियो, पहिलो पटक स्कुलमा अभिभावक भनेर पत्र आउँदा एक्दम नौलो लाग्यो ।

बाटो भरी एक्लै हासेको की म नि अब ठूलो भएँ भनेर, त्यो क्षण, समय मेरो लागि एक्दम हर्षको अनुभूति, सुखद पल थियो । त्यो सबै तिम्रो आगमनले हो छोरी , तिमी बिना म तँ कल्पना नि गर्न सक्थेन, मेरो पढाई थियो, तर तिमी मेरो आन्तरिक शक्ति थियो, धेरैले सानो बच्चालाई कसरी छाड्न सकेको पढ्न भन्दा नराम्रो लाग्थ्यो, तर अरुको वास्ता गरिन् । तिम्रो पहिलो शब्द आफ्नो लागी मा, सुने आफ्नो सबै पीडा कम भयो खै अरुले छोरा पाएमा ठूलो भोज भतेर गर्ने, शान भएको भान हुँदो होला, तर मेरो लागि सन्सारको सबै करोडौं छोरा भन्दा मेरो छोरी नै प्यारो लाग्यो ।

खै जति तिम्रो बारेमा लेखेनि कम हो, तिम्रो स्पर्श, स्नेह, माया, ममता, हेर्दा आफू धेरै भाग्यमानी भएको महशुस गरेको । म बिरामी हुँदा मलाई, पानी दिने, औषधि खाने एतिकै भन्दा नि खुसि लाग्थ्यो । सानैमा स्कुलमा राख्दा, चाँडै लिन जाँदा मेरो बाटो कुरेर आँखाबाट आँसु देखेँ, स्कुललो शिक्षकलाइ साेध्दा तँ तपाइँ आउने समय थाहा भएर रुन लगेको भन्दा छक्क पर्थे, कसरी म आउने बेला भयो भनेर थाहा पाको सोच्थे ।

तिम्रो पहिलो नृत्य थियो, जुन तँ लग्यो ताराले, मन तँ लग्यो मायाले,,, , त्यो बेला तिमी २ वर्ष की थियौ, म हतरिदै तिम्रो नृत्य हेर्न गए, तर तिमीले मलाई हेर्ने बितिकै रोयो, म लुकेर बसेको, पछि राम्रो लाग्यो कार्यक्रम । म तिम्रो हरेक पाइलामा सफलताको कामना गर्ना चहन्छु, हरेक पल खुसिमा बितोस, मेरो स्नेह्, माया सधैं तिम्रो लागी रहने नै छ, त्यो नि आज बाचा गर्न चाहन्छु । म मात्र होइन, नानु, तिम्रो डयाडि नि, तिमिलाइ अति माया गर्नु हुन्छ । तिम्रो उपहार मलाई सबैभन्दा बढी मन पर्छ, त्यो तिम्रो हातले बनाएको कार्ड, अनि मेरो जन्मदिन वा अरु कुनै बेलामा रूम सजाउने, मेरो लागी तिम्रो सर्प्राइज त्यो अत्ति नै मन पर्छ। म बिरामी हुँदा, स्याहार गरेको, सबै सम्झना छ ।

एकचोटि मेरो लागी आमाको बारेमा कविता वाचन गरेर दोस्रो भएको सब थाहा छ, तिमी जस्तो जति छोरी पाउन तँ जति तपस्या गरेँ नि कम छ, तिम्रो नाम सभ्यता जस्तै तिमी सभ्य छौ, सबैले तिम्रो उदाहरण दिदा आफू सार्है नै भागयमानि महशुस भान हुन्छ । कतिपयले कुरा सुनाउथे की छोरी भयो भनेर उनीहरू अभागी छन्, जसले त्यो अमूल्य रत्न जस्तो छोरीबाट टाढा छन्, मेरो तँ भाग्य नै ठूलो छ की म फेरी छोरीको आमा भए, तर अरुले जे जति सुनाए नि म वास्ता गरिन म तँ सन्तानला पो जन्म दिए ना की छोरा वा छोरी, मेरो लागी दुबै आँखाकी नानि, मुटु सबै यिनीहरू नै हुन । सभ्यता र सम्पदा मेरो बाँच्ने आधार हो, भविश्य हो, मेरो हरेक खुसी र दुखमा साथ दिने दुई पखेटा हुन् । सानु जब तिमी केही गल्ती गर्दा म एतिकै रिसाउँथे, त्यो बेला तिमी कान समातेर सोरी भनेर उथबस गर्दा म जति रिसाएनि एकछिनमा हरएर जान्थ्यो ।

हरेक पल, हरेक क्षण, तिम्रो पाइलाले सफलता पाओस्
सप्तरङी रंग झै तिम्रो जिबनमा उमङ छाओस्,
दुख तिम्रो छेउ आउनु अगाबै, मेरो सामना गरोस् ।
हरपल तिमी बिहानीको पहिलो किरण झै चम्कि रहौ
तिम्रो जन्मदिनको अबसरमा मेरो माया र आशिष सधैं तिमीलाई
आउने हरेक ऋतु , बसन्तले तिम्रो जीवन उज्यालो पारिरहोस्।
मुटुमा अटुट माया र आशिश्, तिम्रो शिरमा रहिरहोस् ।
सधैं सधैं तिम्रो पाइला प्रगतिको शिखरमा लम्किरहोस् ।
यतिनै छ मेरो भाबना, जनमदिनको लाखौं लाख मेरो छोरीलाई शुभकामना, शुभकामना फेरी पनि शुभकामना
तिम्रो मामु, डयाडि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.