३०.५ प्रतिशत बजार हिस्सासहित नेपाल लाइफ अगाडि, नयाँ पुस्ताबाट यूनियनकाे फड्काे

  २०७७ साउन ९ गते १८:१८     नबिन पाेखरेल

काठमाडौ । गत आर्थिक वर्षमा प्रथम बीमा शुल्क तथा नविकरण बीमाशुल्क दुवैमा नेपाल लाईफले अग्रता कायम गरेको छ । २० वटा जीवन कम्पनी मध्ये कुल बीमा शुल्ककाे ३० दशमलव ५ प्रतिशत बजार हिस्सा नेपाल लाइफकाे छ ।

बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा पनि जीवन बीमा कम्पनीहरुमध्ये अधिकांश सूचकमा नेपाल लाइफ अग्रस्थानमा छ । नेपाल लाइफले प्रथम बीमाशुल्क १० अर्ब १६ करोड रुपैयाँ र नविकरण बीमाशुल्क १८ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको नयाँ बीमाशुल्क ३४ अर्ब ४८ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ५७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । दुबै गरी जीवन बीमा कम्पनीहरूले ९२ अर्ब ४५ कराेड रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानको प्रथम बीमाशुल्क ९२ करोड रुपैयाँ छ भने नविकरण बीमाशुल्क ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको प्रथम बीमाशुल्क २ अर्ब ३५ करोड रुपैयाँ छ भने नविकरण शुल्क ६ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।

एलआईसी नेपालको प्रथम बीमाशुल्क ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ११ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

मेट लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ३० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ८५ करोड रहेको छ ।

एसियन लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क १ अर्ब ६० करोड रहेको छ भने नविकरण बीमाशुल्क २ अर्ब ९२ करोड रुपैयाँ रहको छ । एशियन, सूर्या, गुराँस र प्राइम एक पटक खुलेका कम्पनी हुन् । ती चार कम्पनी मध्ये एशियन लाइफ अगाडि रहेकाे छ ।

सूर्या लाइफको प्रथम बीमाशुल्क १ अर्ब १३ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ५४ करोड रुपैयाँ रहको छ । गुराँश लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ३७ करोड रहेको छ ।

प्राइम लाइफको प्रथम बीमाशुल्क १ अर्ब १९ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । आइएमइ लाइफको प्रथम बीमाशुल्क ७८ करोड रहेको छ भने नविकरण बीमाशुल्क ५५ करोड रहेको छ ।

युनियन लाइफको प्रथम बीमाशुल्क २ अर्ब ८६ करोड रहेको छ भने नविकरण बीमाशुल्क १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । नयाँ पुस्ताकाे कम्पनीकाे यूनियन लाइफले फड्काे मारेकाे छ ।

ज्योति लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६४ करोड रुपैयाँ रहेको छ ।

सन नेपाल लाइफको प्रथम बीमाशुल्क ५७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४८ करोड रहेको छ । रिलायन्स लाइफको प्रथम बीमाशुल्क ९१ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४७ करोड रुपैयाँ रहेको छ ।

रिलायबल नेपाल लाइफको प्रथम बीमाशुल्क १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ४० करोड रुपैयाँ रहेको छ । सिटिजन लाइफको प्रथम बीमाशुल्क १ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ६० करोड रुपैयाँ रहेको छ ।

सानिमा लाइफको प्रथम बीमाशुल्क ५५ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क २७ कराेड रुपैयाँ रहेको छ । प्रभु लाइफको प्रथम बीमाशुल्क ८९ करोड रुपैयाँ रहको छ भने नविकरण बीमाशुल्क २८ करोड रुपैयाँ रहेको छ ।

महालक्ष्मी लाइफको प्रथम बीमाशुल्क ८० करोड रुपैयाँ रहेको छ भने नविकरण बीमाशुल्क ५ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.