त्रिविको परिक्षा भदौ दोश्रो हप्तादेखि हुने

  २०७७ साउन ९ गते १५:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आगामी भदौ दोश्रो हप्तादेखि व्यवस्थापन सङ्कायकाे परिक्षा सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण स्थिगित गरिएका त्रिविका परिक्षा लकडाउन खुलेसँगै अब धमाधम सञ्चालन हुने भएको हो ।

यससँगै त्रिविले स्नातकोत्तरको तहको परिक्षा आगामी भदौ दोश्रो सातादेखि सञ्चालन गर्ने भएको छ । त्यस्तै, स्नातक तहका प्रथम, तेश्रो, पाँचौं तथा सातौं तहका परीक्षाहरु भदौ तेश्रो हप्तादेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिविले शुक्रबार(साउन ९ गते) एक सूचना जारी गरी उक्त जानकारी गराएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.