नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघकाे अध्यक्षमा भिम प्रसाद घिमिरे

  २०७७ साउन ८ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी कर्मचारी संघको अध्यक्षमा भिम प्रसाद घिमिर चयन भएका छन् । संघको २०७७ जेठ ३० गते सम्पन्न ११औं केन्द्रिय महाधिवेशनले उनलाई संघको अध्यक्ष सर्व सम्मत रुपमा नियुक्त गरेको हो ।

साथै, महाधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष श्रीमती दुर्गा देवी कार्की, महासचिव रत्न बिक्रम जि.सी., सचिव मेघराज ढुङगाना, कोषाध्यक्ष तारा बहादुर खडका र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कूवंर, बिधात्री शाह र तुषार थापा चयन भएका छन् ।

कम्पनी र कर्मचारीबीच रहि आएको सौहाद्रपुर्ण समबन्धलाई कायम राखी-कम्पनी र कर्मचारीहरुको हक हितलाई प्रवद्र्घन र सम्वर्धन गर्दे रचनात्मक ढंगले अगाडी बढ्ने नवर्निवाचित संघले जनाएको छ । नयाँ पदाधिकारीहरुलाई बिहीबार(आज) कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी मुलुक कै पहिलो बीमा कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.