महासंघ निर्वाचन सर्यो, नयाँ मिति सभा सम्मेलन गर्न सरकारले अनुमति दिएको १५ दिनपछि

  २०७७ साउन ८ गते १७:४६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो ।

महासंघको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि महासंघको निर्वाचन गर्ने गरी मिति सारिएको मुरारकाको भनाइ छ ।

‘आजको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं साधारणसभा सार्ने निर्णय गरेको छ, सरकारले सभा सम्मेलन गर्न खुल्ला गरेको १५ दिनपछि साधारणसभा गर्ने निर्णय भएको छ,’ पदाधिकारी बैठकपछि निवर्तमान अध्यक्ष मुरारकाले भने ।

महासंघले यसअघि चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि सो साधारणसभा सारेर साउन २६ र २७ गते गर्ने निर्णय भएको थियो ।

पदाधिकारी बैठकमा महासंघका पूर्वअध्यक्षहरुलाई पनि बोलाइएको थियो ।

सम्बन्धित सामग्री

चुनाव सार्न महासंघले बोलायो पदाधिकारी बैठक, कोषाध्यक्ष भन्छन्ः यो त किर्ते काम भयो

नैतिक प्रश्नले पिरोलेको कुरा गर्दा अर्कै रंग दिन खोजियोः शेखर गोल्छा

शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप

अध्यक्ष भएकाे छ महिनामा हटाउने याेजना बनेपछि म चुनावमा सक्रिय भएकाे हुँ-शेखर गोल्छा

एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो

महासंघका दुई किङ मेकर, काे बढी प्रभावशाली ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.