एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार भन्छन्: अबकाे नेतृत्वले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्छ

  २०७७ साउन ६ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले जोड दिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुवै उपाध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यवसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनुपर्ने बताए ।

उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिए । उनले भने ‘नेपाल उद्योग वाणिज्य महासंघको साउन २७ गते चुनाव हुन गइरहेको छ । त्यो निर्वाचनमा व्यवसायीक व्यक्तित्व नै आउनप¥यो भन्ने मेरो भनाई हो । जसले गर्दा व्यवसायीक दुःख, सानो देखि ठूलो व्यवसायसम्मको इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छ त्यो इस्युहरु उठाउन सकोस ।’

उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताए । उनले नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्ने बताए ।

उनले भने ‘आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनपर्याे जसले व्यवसायीक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडिआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायीक क्षमता भएको नेतृत्व आउनुपर्छ ।

नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायीक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाई हो ।’

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताए । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्ने भुमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताए ।

उनले अव निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताए । उनले सबै उद्योगी व्यवसायीलाई पुनरकर्जाको पहुँचमा पु¥याउन आफुहरुले काम गर्ने बताए । उनले आफु लगायत आफ्नो टिमले उद्योगी व्यवसायीको स्थिति बुझेकोले आर्थिक उन्नतीतिर लैजान कम्मर कसेर लाग्ने बताए ।

उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दन देखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताए । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरे ।

‘मौद्रिक नीतिको आश गरेर बजेटमा चित्त नबुझेर विरोध पनि गरेका थियौं यो समग्र कुरालाई अव विर्षेर अव देशको आर्थिक उन्नतीतिर कम्मर कसरेर लाग्छौं र नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले चाहिं देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवद्र्धन देखि लिएर उत्पादन र निर्यात सम्म सम्पुर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिने इच्छा छ । हामीले त्यो प्रण पनि गरेका छौं र गर्छौं भन्ने विश्वास छ ।’

महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदैछ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.