महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा

  २०७७ साउन ५ गते १४:५६     विकासन्युज

सागर शर्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ शर्माले गत साउन २ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

संस्थाका नियुक्त कामु सीईओ शर्माले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.