मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

  २०७७ साउन २ गते १७:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने सरकारसँग माग राखेको छ ।

केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो ।

कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चाँसाे दिनुपर्ने केबुलकारले जनाएको छ ।

लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा केबुलकारले जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.