नबिल इन्भेष्टले ल्यायो नयाँ योजना, डिम्याट खाता खोल्दा ५ वटा सेवामा शुल्क नलाग्ने

  २०७७ साउन १ गते २०:५०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले डिम्याट खाता खोल्नको लागि ‘पञ्चगुणी डिम्याट सेवा’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । साउन १ गतेदेखि शुरु भएको यस योजना बढीमा साउन मसान्तसम्म लागू हुने छ ।

लगानीकर्ताहरुलाई नेपालको वित्तीय बजार पनि एउटा लगानीको क्षेत्र हुन सक्छ भन्ने उद्देश्यका साथ लगानीकर्तालाई सेयर बजारमा प्रवेश गराउन सर्वप्रथम डिम्याट खाताको आवश्यक पर्ने भएकोले उनीहरुको ध्यानमा राखी उक्त योजना सार्वजनिक गरेको हो ।

यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एकपटकको लागि पूर्णरुपमा छुट हुनेछ । पूर्णरुपमा शुल्क छुट हुने सेवाहरु निम्न बमोजिम रहेको छ ।

यस सुविधाबाट लगानीकर्ताले बढीभन्दा बढी फाइदा लिन सक्ने संस्थाको विश्वास रहेको छ ।

लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राख्दै नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.